Like us!
Follow us!

सामान्य अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता हिस्स !

सामान्य अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता हिस्स !

लगानी खबर, काठमाडौं - कारोेबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर सामान्य बढेको छ । आज नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ०.०२ प्रतिशतले बढेको हो । 

सामान्य अंकले बढेको बजारमा आज १०.२५ प्रतिशत एनआइसी एशिया डिवेञ्चर २०८३/८४ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आइतबार कम्पनीको सेयर ७.३७ प्रतिशतले घटेर १ हजार ३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, आज सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : गुराँस लघुवित्त वित्तीय संस्थाको ४.०८ १ हजार ९ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । महुली लघुवित्त वित्तीय संस्थाको ३.१८ प्रतिशतले घटेर ५ हजार २० रुपैयाँ पुगेको छ । सबैको लघुवित्तको ३.१६ प्रतिशतले घटेर १ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ । त्यस्तै आज कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर पनि घटेको छ । आज बैंकको सेयर ३.०६ प्रतिशतले घटेर १ हजार ५ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी आज एनजिएल इन्स्योरेन्स कम्पनीको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर २.८६ प्रतिशतले घटेर १ हजार २ सय २० रुपैयाँमा अन्तिम कारोबार भएको छ । वोमी माइक्रोफाइनान्सको सेयर २.७८ प्रतिशतले घटेर १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । बोटलर्स नेपालको २.७३ प्रतिशतले घटेर १ हजार ७ सय रुपैयाँ २० पैसा पुगेको छ । आज सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्कीम २ को सेयर पनि घटेको छ । आज कम्पनीको सेयर २.७२ प्रतिशतले घटेर १५ रुपैयाँ ७५ पैसा पुगेको छ र स्वरोजगार लघुवित्त विकास बैंकको २.६८ प्रतिशतले घटेर १ हजार ५ सय २५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।     

610fa6e2b762c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।