Like us!
Follow us!

झिनो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

झिनो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

लगानी खबर, काठमाडौं - आज (आइतबार) सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से झिनो अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ  । यस्तै, सेन्सेटिभ परिसूचक ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।

आज कूल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार कूल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ७ कम्पनीको सेयरमूल्य घटेको छ आइतबार हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ  ।

अज्ज ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ आइतबार अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।