लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले बुकक्लाेज मिति ताेकेकाे छ ।
फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि साउन २८ गते, एक दिन बुकक्लाेज गर्ने घाेषणा गरेकाे हाे । त्यसैले, साउन २७ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
याेजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलकाे साउन १५ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ ।
क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।