Like us!
Follow us!

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडाैँको शेषमतीमा

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडाैँको शेषमतीमा

लगानी खबर, काठमाडाैँ - सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतीमा थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमा पुर्याएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।