लगानी खबर, काठमाडाैँ - आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार अपि पावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । अपि पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ७ रूपैयाँ २० पैसा पुगेकाे छ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ५६ रूपैयाँ ८० पैसा पुगेकाे छ ।
यसका साथै, ४ वटा कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड, ङादी ग्रुप पाव, युनियन लाइफ इन्स्याेरेन्स कम्पनी र छ्याङ्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।