लगानी खबर, काठमाडाैँ - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ४ गते, शुक्रबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई साउन १५ गते, शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै कम्पनीकाे असार २१ गते, साेमबार सम्पन्न भएकाे साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडबीच प्राप्ति सम्बन्धी सम्झौतामा माघ २६ गते, आइतबार हस्ताक्षर भएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले पनि साउन २२ गते स्वीकृती प्रदान गरेकाे छ ।
प्राप्ति पश्चात अब "इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार हुनेछ । संस्थाकाे रजिष्टर्ड कार्यालय नवलपुर जिल्ला, गैँडाकाेट नगरपालिका वडा नं. २, कालिगण्डकी चाेकमा रहनेछ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९८ काे स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि इन्फिनिटीको नाममा ९८ कित्ता सेयर प्राप्त गर्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।