Like us!
Follow us!

कहिलेसम्म कायम इकाईधनिहरुले पाउँछन् सिद्धार्थ इक्विटी फण्ड र ग्रोथ स्किम–२ को लभांश ?

कहिलेसम्म कायम इकाईधनिहरुले पाउँछन् सिद्धार्थ इक्विटी फण्ड र ग्रोथ स्किम–२ को लभांश ?

लगानीखबर, काठमांडौ- सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् ।

लाभांश प्रयोजनार्थ कम्पनीले साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

सिद्धार्थ क्यापिटलको साउन २१ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले दुवै योजनाका इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।