Like us!
Follow us!

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढ्यो, ईपिएस कति ?

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढ्यो, ईपिएस कति ?

लगानीखबर, काठमांडौ- नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा उल्लेखिय बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८४.१७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब २४ करोड ४८ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले ८७ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा ६८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ६३ करोड १२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ७.५० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म बैंकको सञ्चालन नाफा ७४.६८ प्रतिशतले बढेर ३ अर्ब २० करोड ८९ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ४ करोड १७ लाख ११ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४६ पैसा रहेको छ । बैंकको पीई रेसियो १७.१३ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।