Like us!
Follow us!

कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय

कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय

लगानी खबर, काठमाडौं - कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (शनिबार) बसेको बैठकले  कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म तय गरेको थियो । कोरोना संक्रमणदर दिनहुँ बढ्न थालेपछि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । अहिले दैनिक ४ हजारको हाराहारीमा कोरोना भाइरस संक्रमित फेला पर्न थालेको छ  ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।