Like us!
Follow us!

नेपालमा ६३ प्रतिशत संक्रमित निको भए, आज सबैभन्दा बढी डिस्चार्ज

नेपालमा ६३ प्रतिशत संक्रमित निको भए, आज सबैभन्दा बढी डिस्चार्ज

लगानीखबर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा देशभर १८ सय १४ संक्रमित कोरोनामुक्त भएका छन् । जुन हालसम्मकै उच्च हो ।  योसँगै कुरोनामुक्त हुने संक्रमितको संख्या २८ हजार ९४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमितमध्ये ६३ प्रतिशत हो ।

त्यसैगरी ५ जिल्लाहरु सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा, हुम्लामा संक्रमितको संख्या शुन्य रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार ३८२ पिसिआर परिक्षण गर्दा ९८० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २९० जना महिला र ६९० पुरुष छन् । काठमाडौं उपत्यकाका मात्रै २९० जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना महिला र सात पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।