Like us!
Follow us!

जापानबाट ५ लाख १३ हजार डोज एस्ट्राजेनेका नेपाल आइपुग्यो

जापानबाट ५ लाख १३ हजार डोज एस्ट्राजेनेका नेपाल आइपुग्यो

लगानी खबर, काठमाडौं - जापानबाट कोरोनाविरुद्धको पाँच लाख १३ हजार डोज एस्ट्राजेनेका खोपको नेपाल आइपुगेको छ ।  जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी आइतवार थप २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने कार्यतालिका रहेको छ ।

जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।

खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।