Like us!
Follow us!

एनआईसी एशिया क्यापिटलको ४८ प्रतिशत लाभांश कहिले पारित हुन्छ ?

एनआईसी एशिया क्यापिटलको ४८ प्रतिशत लाभांश कहिले पारित हुन्छ ?

लगानी खबर, काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौ १३ गते, आइतबार कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न स्वीकृत गर्नेछ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेद, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् : -

610e3819b5984.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।