Like us!
Follow us!

पछिल्लो २४ घण्टामा देशभर ९८० जना संक्रमित थपिए, काठमाडौंमा कति ? हेर्नुहोस्

पछिल्लो २४ घण्टामा देशभर ९८० जना संक्रमित थपिए, काठमाडौंमा कति ? हेर्नुहोस्

लगानीखबर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २९० जना महिला र ६९० पुरुष छन् । काठमाडौं उपत्यकाका मात्रै २९० जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बिगत २४ घण्टामा १० हजार ३८२ पिसिआर परिक्षण गर्दा ९८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेस्वर गौतमले जनाकारी दिए । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ०२७ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १ हजार ८१४ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै २८ हजार ९४१ जना संक्रमित कोरोनामुक्त भइ घर फर्किसकेका छन् । हाल संस्थागत आइसोलेसनमा ९ हजार २०१ र होम आसोलेसनमा ७ हजार ८२६ जना छन् । 

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना महिला र सात पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।