Like us!
Follow us!

लक्ष्मी इक्विटी फण्डले पठायाे लाभांश

लक्ष्मी इक्विटी फण्डले पठायाे लाभांश

लगानी खबर, काठमाडाैँ - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले हिजाे (साउन २१ गते, बिहीबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि साउन १५ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

फण्डकाे योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610c9bb1b1151.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।