लगानी खबर, काठमाडाैँ - मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।
उक्त अवधिभर रितपूर्वक प्राप्त आवेदनहरू प्रशाेधन गर्दा सर्वसाधारणका लागि माग बमाेजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनकाे हकमा समानुपातिक रूपमा हिजाे (साउन २१ गते, बिहीबार) बाँडफाँड गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
बैंकले ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।