Like us!
Follow us!

हालसम्मकै ठूलो आईपीओ ल्याएको निफ्राको कस्तो छ वित्तीय अवस्था ?

हालसम्मकै ठूलो आईपीओ ल्याएको निफ्राको कस्तो छ वित्तीय अवस्था ?

लगानी खबर, काठमाडाैँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १.२६ प्रतिशतले कम हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

बैंकको वितरणयोग्य नाफा ६५ करोड ८५ लाख ५२ हजार रुपैयाँ रहेको छ । 

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले एक अर्ब ३३ करोड ३५ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८.३६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले एक अर्ब २३ करोड ६ लाख ६५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा ७.९२ प्रतिशतले बढेर एक अर्ब १८ कराेड ८९ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा एक अर्ब १० कराेड १६ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ । बैंककाे जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ सञ्चित छ । बैंककाे प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा सीमित भएको छ । बैंकको पीई रेसियो ११७.७० गुणा रहेको छ ।

बैंकले सार्वजनिक गरेकाे चाैथाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :

 

610c85313617c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।