Like us!
Follow us!

बिहिबार ३९३८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

बिहिबार ३९३८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

लगानी खबर, काठमाडौं-  पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ८७० जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ जना र एन्टिजेन विधिबाट ६ हजार ५ सय ३८ जनाको परीक्षण गर्दा ९३१ जना गरी ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सो अवधिमा ३७ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।