लगानी खबर, काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १५ औँ वार्षिक साधारण सभा आज (बिहिबार) पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभालेले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश पारित गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) प्रस्ताव गरेको थियो।
कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ रहेको छ। बोनस सेयर जारी पुँजी कम्पनीको चुक्तापुँजी १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बढी पुग्नेछ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका एजेण्डाहरुमाथि पनि छलफल गरी पारित गरिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।