लगानीखबर, काठमाडौं– साताको पहिलो दिन आज शेयर बजारमा सामान्य अंकले गिरावटा आएको छ । आज नेप्से १०.४५ अंकले घटेको छ । नेप्से इन्डेक्स १५५२.४३ अंकबाट घटेर बजार बन्द हुँदासम्म १४९९.९८ विन्दुमा नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
एक्सचेन्जका अनुसार सेन्सेटिभ परिसूचक २.५४ अंकले घटेको छ । आइतबार १९१ वटा कम्पनीको ७० लाख ३८ हाजर ९९० कित्ता शेयर कारोबार हुँदा २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको १२ वटा समूहमध्ये १० वटा समूह घटेको छ भने २ वटा समूह मात्र बढेको छ ।
कारोबार भएको समूह मध्ये व्यापार समूह २२.६३ अंक, र सामूहिक लगानीकोष ०.०१ अंकले बढेको छ । उता, बैकिङ ८.१४ अंक, होटल २५.६५ अंक, विकास बैंक २०.८ अंक, जलविद्युत ५.७४ अंक, फाइनान्स २ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स २५.६१ अंक, उत्पादन ४०.४३ अंक, अन्य १२.६५ अंक, माइक्रोफाइनान्स १०.२७ अंक र लाइफ इन्स्योरेन्स २६.३३ अंकले घटेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।