लगानी खबर, काठमाडाैँ - एनआईबिएल समृद्धि फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे । त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ ।
फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।