Like us!
Follow us!

साताको पहिलो दिन शेयर बजारमा सामान्य गिरावट, २ अर्ब माथिको कारोबार

साताको पहिलो दिन शेयर बजारमा सामान्य गिरावट, २ अर्ब माथिको कारोबार

लगानीखबर काठमाडौं, साताको पहिलो दिन आज (आइतबार) शेयर बजार घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.४५ अंकले घटेर एक हजार ४९९.९८ मा पुगेको छ । नेप्से ०.६९ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अंकले घटेर ३०२.१९ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीको  ७० लाख ३८ हाजर ९९० कित्ता शेयर कारोबार हुँदा २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँको कारोबार भएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज  वटा १० उपसमूहको शेयर घटेको छ भने बाँकी २ वटा उपसमूहको शेयर बढेको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।