लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.०९ अंकले बढेर ३१३०.५४ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक १.६९ अंकले बढेर ५८०.०५ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ७९ कम्पनीको २० करोड ९९ लाख ८ हजार ९ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १२.०५ अंकले बढेर ३१२३.१४ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.७१ अंकले बढेर ५७८.२३ विन्दुमा मा पुगेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।