Like us!
Follow us!

बिहीबार सुनको मूल्य कति ?

बिहीबार सुनको मूल्य कति ?

लगानी खबर, काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । 

हिजो (बुधबार) तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार पनि तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ नै कायम भएको थियो ।  

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।