Like us!
Follow us!

'राइट ब्याक' ले गर्दा निर्धन उत्थानको नाफा २२३.२६ प्रतिशतले बढ्याे

'राइट ब्याक' ले गर्दा निर्धन उत्थानको नाफा २२३.२६ प्रतिशतले बढ्याे

लगानी खबर, काठमाडाैँ - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २२३.२६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

संस्थाले ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ राइट ब्याक गरेकाे हुनाले नाफा वृद्धि भएकाे हाे ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २ अर्ब १४ करोड ३३ लाख ४० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४३.५४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक अर्ब ४९ करोड ३२ लाख ३८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा भने २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ । संस्थाले सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ छुट्याएपछि लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक देखिएकाे हो।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी एक अर्ब ६९ कराेड ५० लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा २ अर्ब ८० करोड १० लाख ४६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २२ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ ।

वित्तीय विवरण हेर्नुहाेस् : 

610b4530ed99e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।