Like us!
Follow us!

एनआईबिएल प्रगति फण्डले तोक्यो बुकक्लोज मिति

एनआईबिएल प्रगति फण्डले तोक्यो बुकक्लोज मिति

लगानी खबर, काठमाडाैँ - एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

610b50ed000e7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।