Like us!
Follow us!

जीवन विकासकाे लाेभलाग्दाे प्रगति : नाफा १०१.९७ प्रतिशतले बढ्याे, ईपीएस कति ?

जीवन विकासकाे लाेभलाग्दाे प्रगति : नाफा १०१.९७ प्रतिशतले बढ्याे, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १०१.९७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४९.२९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

संस्थाकाे प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेकाे छ । संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा एक अर्ब ३० कराेड ९४ लाख रुपैयाँ छ ।

 वित्तीय विवरण हेर्नुहाेस् :

610b4a0a601f9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।