Like us!
Follow us!

एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि, कस्ता छन् अन्य सूचक ?

एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडाैँ - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६२.९७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४७ करोड ३ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ६८.८९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २७ करोड ८४ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि १२३९.१२ प्रतिशतले बढेर ३१ करोड ४८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा २ करोड ३५ लाख १२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ५३ कराेड ९८ लाख ५ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ३६ करोड ५५ लाख ११ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३८.८० गुणा रहेको छ ।

वित्तीय विवरण हेर्नुहाेस् : 

610b3cff12a73.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।