Like us!
Follow us!

१०४.८३ प्रतिशतले बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा, अरू सूचक के भए ?

१०४.८३ प्रतिशतले बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा, अरू सूचक के भए ?

लगानी खबर, काठमाडाैँ - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ करोड २ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । 

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले २१ करोड ७२ लाख ७० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २.१६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २२ करोड २० लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेर ८ कराेड ८५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा ४ कराेड १७ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

यसैगरी, असार मसान्तसम्म बैंकले ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ कराेड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ । बैंककाे जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ सञ्चित छ । बैंककाे प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६७ पैसा पुगेकाे छ । बैंककाे प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४२ पैसा रहेकाे छ । बैंकको पीई रेसियो ४९.१७ गुणा रहेको छ ।

वित्तीय विवरण हेर्नुहाेस् :

 

610b31e913fce.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।