Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सकाे साधारण सभा आज, लाभांश पारित गर्दै

एनएलजी इन्स्योरेन्सकाे साधारण सभा आज, लाभांश पारित गर्दै

लगानी खबर, काठमाडाैँ - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १५औं वार्षिक साधारण सभा आज (साउन २१ गते, बिहीबार) हुँदैछ  । उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यलय, पानीपोखरी, काठमाडौंमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि साउन १४ गते गतेका लागि बुकक्लोज गरेको थियाे । त्यसैले साउन १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।