Like us!
Follow us!

सेयर टिप्स : बुल र बियरीस बजार भनेकाे के हाे ?

सेयर टिप्स : बुल र बियरीस बजार भनेकाे के हाे ?

लगानी खबर, काठमाडाैँ - धितोपत्रको उन्नतोन्मुख बजार (Bull Market) भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस बेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ ।

त्यसैगरी, धितोपत्रको अधोन्मुख बजार (Bear Market) भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक (Market Index) घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।

माथी बजार परिसूचककाे कुरा गरियाे । कतिपयलाई बजार परिसूचककाे बारेमा पनि थाहा नहुन सक्छ । 

सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई NEPSE Index भनिन्छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु लाई वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, बिमा कम्पनी, लघुवित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल, अन्य र व्यापार गरी १० समूहमा विभाजन गरिएको छ । ती सबै समूहका अलगअलग परिसूचक छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।