Like us!
Follow us!

ओपोद्वारा सुरक्षित, स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि सार्वजनिक

ओपोद्वारा सुरक्षित, स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि सार्वजनिक

लगानी खबर, काठमाडौं - ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ । उक्त कार्यक्रम अन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिमा आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्याश चार्ज टेक्नोलोजी सोल्यूशन मातहतका विकासहरु प्रस्तुत गरेको थियो ।

‘ओपोको भोक फ्ल्याश चार्ज प्रविधिको विकास, चार्जिंग एडेप्टर, चार्जिंग केबल, पीएमआईसी, ब्याट्री लगायत कम्पनीद्वारा प्रतिपादित नवप्रबर्तनको उपज हो ।’ ओपो भोक फ्ल्याश चार्ज प्रविधिका चिफ साईन्टिष्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तार वाला होस् वा तार रहित, भोक फ्ल्याश चार्ज प्रविधिले अब विद्युतिय उपकरणहरु चार्ज गर्ने सवालमा कठिन भन्दा कठिन अवस्थामा समेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ ।’

सुरक्षित चार्जिंग :
फ्ल्याश चार्ज प्रविधिको विकास गर्दा ओपोले दक्षता र सुरक्षालाई सँधै नै अग्र पंक्तिमा राख्ने गरेको छ । यही अवधारणामा आधारित भई ओपोले भोक फ्ल्याश चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाईभ—फोल्ड सेफ्टी प्रोटेक्शन प्रणालीको प्रतिपादन गरेको हो । त्यसैगरी थप नवप्रबर्तन भ्यिाउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिंग आर्किटेक्चर्स लगायत अन्य कारकहरु माथि समेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ । न्यून प्रतिबाधा सहितका फ्यूज, ग्यालियम नाइट्राइड स्विट्च, ईन्टरनल सिरिज बाई—सेल डिजाइन, ब्याट्री सेफ्टी डिटेक्शन चिप, कम्पोजिट करेन्ट कलेक्टर लगायत यसैका केही सटिक नमुनाहरु हुन् ।

स्मार्ट चार्जिंग :
ओपोले कार्यक्रम मार्फत आफ्नो नयाँ स्मार्ट चार्जिंग प्रविधिको पनि अनावरण गरेको थियो । चार्जिंगको गतिलाई अधिकतम सुरक्षित रेञ्जमा राख्ने कार्यमा सघाउन विशेषरुपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिंग अवस्थाको बोद्विक पहिचान गरी चार्जिंग करेन्टको समायोजन गर्छ । यसले अस्वभाविकरुपमा ब्याट्रीको आयूमा ह्«ास आउने प्रक्रियामा न्यूनिकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयूबाट फाइदा लिन सघाउँछ ।

छोटकरिमा भन्नु पर्दा स्मार्ट चार्जिंग प्रविधिले ब्याट्रीको दिर्घायु, विशेष परिस्थितीमा समेत सुदृढ चार्जिंग गति प्रदान गर्ने, चार्जिंगको गति नियन्त्रण गर्दै उपकरणलाई तात्नबाट जोगाउने लगायत सुविधा प्रदान गर्दै ब्याट्रीको परफरमेन्समा उल्लेखनिय सुधार प्रस्तुत गर्छ ।

कठिन परिस्थितीमा पनि सटिक चार्जिंग :
भोक फ्ल्याश चार्जलाई सक्दो सरक्षित र स्मार्ट बनाउनुका साथै ओपोले कठिन भन्दा कठिन परिस्थितीमा पनि भोक फ्ल्याश चार्ज प्रविधिले सटिक परफरमेन्स दिन सकोस् भन्ने सोचका साथ आफ्नो अन्वेषणलाई निरन्तरता दिइ नै रहेको छ । उदाहरणका लागि लिथियम—आयन ब्याट्रीलाई अत्यधिक चिसो वातावरणमा चार्ज गर्न निकै गाह्रो हुने सम्भावना रहन्छ । ब्याट्रीलाई जसरीपनि चार्ज गर्ने प्रयत्न गरिरहँदा सर्ट सर्किट हुने सम्भावना समेत रहन्छ । ओपोको अल्ट्रा—लो टेम्परेचर चार्जिंग सोल्यूशनले स्मार्ट अल्गोरिदमको प्रयोग गरी चार्जिंगका लागि ब्याट्रीमा हुनु पर्ने इष्टतम चर्जिंग तापमानको यकिन गरी चार्जिंग प्रक्रिया सुरु गर्नु अगाडी ब्याट्रको तापक्रम बढाउँछ । परिक्षण नतिजा अनुसार मात्र १० सेकेण्डको अन्तरालमा ब्याट्रीले तपामानको समायोजन —२० डिग्रि सेन्टिगे्रटबाट १० डिग्रि सेन्टिग्रटसम्म गरेको पाइएको छ । यसले गर्दा ब्याट्रीको चार्जिंग प्रक्रिया साधारणझैँ अवस्थामा गर्न सकिन्छ ।

सन् २०१४ मा भोक फ्ल्याश चार्ज सार्वजनिक गरिए देखि सुरक्षा, दक्षता र सहजता ओपोको ब्याट्री र चार्जिंग प्रविधि अन्तर्गत आर एण्ड डीको केन्द्रमा रहन सफल तीन प्रखुम क्षेत्रका रुपमा रहँदै आएको छ । जुन ३०, २०२१ सम्म आई पुग्दा ओपोले फास्ट चार्ज प्रविधि सम्बन्धित ३ हजार भन्दा बढी प्याटेन्टका लागि निवेदन दर्ता  गराइसकेको छ भने ३० भन्दा बढी उपकरणले भोक फ्ल्याश चार्ज प्रविधि सपोर्ट गर्छ । ओपोले यो तिब्र गतिको सहज र सुरक्षित चार्जिंग अनुभव मार्फत आफ्ना विश्वभर रहेका १९५ मिलियन उपभोक्तालाई लाभान्वित तुल्याइ रहेको छ ।

सन् २०२१मा ओपोले आफ्नो नयाँ परियोजना — द फ्ल्याश ईनिशिएटिभ— सार्वजनिक गर्दै आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि, अटोमोबाइल्स, सार्वजनिक स्थल, विभिन्न उपकरणहरुमा प्रयोग हुने चिप्सहरुका लागि समेत उपलब्ध गराइ रहेको छ । ईन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा ओपोको फ्ल्याश चार्ज प्रविधि, प्रयोगकर्तालाई नयाँ पुस्ताको चार्जिंग अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकसित हुँदै हरेक परिस्थितीमा उत्कष्ट कार्य सम्पादनका साथै कुनैपनि उपकरण कुनैपनि अवस्थामा जुनसुकै समयमा चार्ज गर्ने सुविधा उपलब्ध् गराउन लागिपरेको  छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।