Like us!
Follow us!

सिनर्जी पावरको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

सिनर्जी पावरको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौं - सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा २४.१४ प्रतिशतले घटेर ८ करोड २७ लाख ४९ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १० करोड ९० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ  । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १४.६७ प्रतिशतले घटेर २० करोड १५ लाख ७५ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट २३ करोड ६२ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ३५ लाख ७७ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ २९ पैसा रहेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ४० पैसा रहेको छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात ३९.७९ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।