Like us!
Follow us!

भेरोसेलको दोस्रो डोज साउन २२ गतेबाट लगाइने

भेरोसेलको दोस्रो डोज साउन २२ गतेबाट लगाइने

 लगानी खबर, काठमाडौं - भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गतेदेखि लगाइने भएको छ । पहिलो मात्रा भेरोसेल खोप लगाइसकेका व्यक्तिहरूलाई साउन २२ गतेदेखि दोस्रो मात्रामा खोप लगाइने भएको हो ।

गत असार २९ सम्ममा पहिलो मात्रामा खोप लगाएकाले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका छन् । पहिलो मात्राको खोप पाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।

त्यस्तै, विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।