लगानीखबर काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांशमा परिमार्जन भएको छ । कम्पनीको संचालक समितिको भदौं १९ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट १३.१०१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको थियो ।
बीमा समितिले आर्थिक वर्ष २०७४/७५ को वित्तिय विवरणमा परिमार्जन गरी वित्तीय विवरण पुन : पेश गर्न निर्देशन गरेको थियो । उक्त निर्देशनसँगै कम्पनीको पुन बसेको संचालक समितिको बैठकले १०.५० प्रतिशत बोनस शेयर दिने र सोमा लाग्ने कर वापत ५१ लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने निर्णय गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।