Like us!
Follow us!

छिमेक लघुवित्तको नाफासँगै चम्किए अन्य सूचक

छिमेक लघुवित्तको नाफासँगै चम्किए अन्य सूचक

लगानी खबर, काठमाडाैँ - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १ अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८७.२४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २ अर्ब ६ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १७.७५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक अर्ब ७५ करोड ३८ लाख ९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ५१.८३ प्रतिशतले बढेर एक अर्ब ३२ करोड २० लाख ९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ८७ करोड ७ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी एक अर्ब ८३ कराेड रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा ३ अर्ब १२ करोड १५ लाख ३८ हजार रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा रहेको छ।

वित्तीय विवरण हेर्नुहाेस् : 

6109f72a006e2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।