Like us!
Follow us!

नाफामा उछाल आएकाे आरम्भ चौतारीको अन्य सूचक कस्ता छन् ?

नाफामा उछाल आएकाे आरम्भ चौतारीको अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडाैँ - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३९०.५७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ३० करोड ७२ लाख ५२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ११०.९८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि ३६०.५२ प्रतिशतले बढेर १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड ४४ लाख ९९ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २८ कराेड ६७ लाख ६३ हजार रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १६ करोड ३६ लाख २८ हजार रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १३ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३८.२७ गुणा रहेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६ पैसा रहेको छ।

वित्तीय विवरण हेर्नुहाेस् : 

6109e0859e035.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।