लगानी खबर, काठमाडाैँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६७.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ४७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ४ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८७.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि १७७.८८ प्रतिशतले बढेर १० करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड ८१ लाख ७६ हजार रूपैयाँ रहेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ६६.६७ प्रतिशतले बढ्दा जगेडा कोष पनि ७२.७२ प्रतिशतले बढेर २२ करोड ८ लाख ९६ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ।
संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।