Like us!
Follow us!

सानिमा लाईफकाे आईपीओ आजबाट खुल्याे, कति दिने आवेदन ?

सानिमा लाईफकाे आईपीओ आजबाट खुल्याे, कति दिने आवेदन ?

लगानी खबर, काठमाडाैँ - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन २० गते, बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन  तथा बिक्री खुल्ला गरेकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

पछिल्लाे समय आईपीओ भर्ने लगानीकर्ताहरूकाे संख्या एकदमै बढ्दाे छ । आईपीओ भर्ने संख्या २० लाख नाघिसकेकाे छ । हरेक कम्पनीकाे आईपीओमा मागभन्दा उच्च आवेदन पर्ने गरेकाे छ । याे आईपीओमा पनि मागभन्दा धेरै आवेदन पर्ने निश्चित छ । यसकारण कम्पनीको आईपीओमा पनि १० कित्ताको लागि मात्रै आवेदन दिनु उचित हुन्छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

त्यसैगरी, कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।