Like us!
Follow us!

आत्मनिर्भर लघुवित्तले १ कराेड ८० लाखकाे आईपीओ निष्कासन गर्ने

आत्मनिर्भर लघुवित्तले १ कराेड ८० लाखकाे आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

कम्पनीले १ कराेड ८० लाख रूपैयाँ बराबरकाे १ लाख ८० हजार कित्ता आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे । 

उक्त सम्झाैतमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगात बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय हस्ताक्षर भएकाे छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।