Like us!
Follow us!

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

लगानी खबर, काठमाडौं - चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो । 

उनीसँगै पानी भर्न गएका एक अर्का बालिका  भने सकुशल रहेका छन् । घटनास्थलमै रहेको शवको परीक्षण आज गरिने प्रहरीले जनाएको छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।