Like us!
Follow us!

मैलुङ खोलाको आईपीओ आज पनि डेढ घण्टा भर्न पाइने

मैलुङ खोलाको आईपीओ आज पनि डेढ घण्टा भर्न पाइने

लगानी खबर, काठमाडाैँ - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आज (साउन १९ गते, मंगलबार) पनि केही समयका लागि आवेदन दिन सकिने भएकाे छ ।

उक्त आईपीओमा १२ बजेदेखि १:३० बजेसम्म आवेदन दिन सकिने भएकाे हाे । हिजाेदेखि सिस्टममा प्राविधिक समस्या देखिएकाे हुनाले निश्चित समय थपिएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।