Like us!
Follow us!

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा सुरु सुरु गरेको छ । बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखा रहित बैंकिङ्ग सेवा सुरु सुरु गरेको हो ।

बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा उक्त ठाउँमा सेवा सुरु सुरु गरेका हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर थारु लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, ११७ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई news.laganikhabar@gmail.com मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।