Like us!
Follow us!

लक्ष्मी लघुवित्तको नाफा १९६.०१ प्रतिशतले बढ्दा चम्किए अधिकांश सूचक

लक्ष्मी लघुवित्तको नाफा १९६.०१ प्रतिशतले बढ्दा चम्किए अधिकांश सूचक

लगानी खबर, काठमाडाैँ - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९६.०१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ५० करोड ७७ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४६.२७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३४ करोड ७१ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा पनि १९८.७९ प्रतिशतले बढेर ३० करोड ५२ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा १० करोड २१ लाख ७२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३२ कराेड ४५ हजार रूपैयाँ नै स्थिर छ । संस्थाकाे जगेडा कोष १०७.८८ प्रतिशतले बढेर ३६ करोड ४३ लाख रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३६ पैसा रहेकाे छ । संस्थाको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ ।

वित्तीय विवरण हेर्नुहाेस् : 

6108919fab16c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।