Like us!
Follow us!

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : ढकालकाे नाम जाेडिँदा बाेल्याे उद्योग वाणिज्य महासंघ

सर्वाेत्तमकाे सेयर खरिद प्रकरण : ढकालकाे नाम जाेडिँदा बाेल्याे उद्योग वाणिज्य महासंघ

लगानी खबर, काठमाडाैँ - सर्वाेत्तमकाे सेयर खरिद प्रकरणमा चन्द्र ढकालकाे नाम जाेडिएपछि नेपाल उद्योग वाणिज्य महासंघले पनि प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।

सर्वाेत्तम सिमेन्ट लिमिटेडकाे संस्थापक सेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकाे नाम जाेडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले गम्भिर ध्यानाकर्षण जनाएकाे हाे ।

नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने  व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७ साल मंसिर ३० गते  नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनको बोर्ड बैठकमा मिति  २०७७ साल माघ ११ गतेदेखि मात्र उपस्थिति रहेको महासंघले जानकारी दिएकाे छ ।

उनीसँग उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र  बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति  २०७७ साल मंसिर १४ गते) गरिएको सेयर कारोबारको विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने बताउँदै सत्यतथ्य  बुझेरमात्र समाचार सम्प्रेषण गर्न महासंघले आग्रह गरेकाे छ ।

6107cfc461d1e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।