Like us!
Follow us!

सामान्य अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता मख्खै

सामान्य अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ता मख्खै

लगानी खबर, काठमाडौं  - आज (सोमबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पगेको छ । 

सामान्य अंकले बढेको बजारमा आज गुराँस लघुवित्त वित्तीय संस्था लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर २ हजार १ सय १५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : घलेम्दी हाइड्रोको सेयर १० प्रतिशतले बढेर ४ सय २४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको सेयर ८.८० प्रतिशतले बढेर ४ सय ९३ रुपैयाँ १० पैसा पुगेको छ । आखु खोला जलविद्युत कम्पनीको ८.३३ प्रतिशतले बढेर ३ सय ७० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । फ्रष्ट माइक्रोफाइनान्सको सेयर ८.१८ प्रतिशतले बढेर ९ सय ५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, आज समृद्धी फाइनान्सको सेयर ६.८१ प्रतिशतले बढेर ५ सय ८० रुपैयाँ पुगेको छ । आरएसडिसी लघुवित्तको ६.२२ प्रतिशतले बढेर ९ सय ४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यूनियन लाइफ इन्स्योरेन्सको ६.८ प्रतिशतले बढेर ३ सय ६२ रुपैयाँ ८० पैसा पुगेको छ । आज सबैको लघुवित्तको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर ५.५३ प्रतिशतले बढेर २ हजार १ सय रुपैयाँम अन्तिम कारोबार भएको छ र साना किसान लघुवित्तको सेयर ५.५३ प्रतिशतले बढेर १ हजार ९ सय ५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

6107c7c21d28e.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।