Like us!
Follow us!

काेराेना प्रभाव : कक्षा १२ सहित सबै परीक्षा स्थगित हुने

काेराेना प्रभाव : कक्षा १२ सहित सबै परीक्षा स्थगित हुने

लगानी खबर, काठमाडाैँ - काेराेना भाइरसकाे संक्रमण झनै बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

परीक्षा स्थगन गरिएपछि आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा भने शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएकाे थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।