Like us!
Follow us!

समृद्धि फाइनान्सले ५०% हकप्रद जारी गर्ने, बाेर्डमा दियाे निवेदन

समृद्धि फाइनान्सले ५०% हकप्रद जारी गर्ने, बाेर्डमा दियाे निवेदन

लगानी खबर, काठमाडाैँ - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे । कम्पनीले २:१ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

 

6107b22c41d5e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।