Like us!
Follow us!

समिट लघुवित्तकाे नाफा बढ्दा ईपीएस कति पुग्यो ?

समिट लघुवित्तकाे नाफा बढ्दा ईपीएस कति पुग्यो ?

लगानी खबर, काठमाडाैँ - समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

साे विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ९८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४७५.५५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले २९ करोड ४० लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७२.७० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड २ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा २०४.४४ प्रतिशतले बढेर १९ करोड १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ६ करोड २४ लाख ६२ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३९ करोड ४३ लाख रूपैयाँ रहेकाे छ । संस्थाकाे जगेडा कोष १२५.९२ प्रतिशतले बढेर २१ करोड ७८ लाख रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३८ पैसा रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।