Like us!
Follow us!

आरएसडिसी लघुवित्तकाे प्रमुख वित्तीय सूचकमा सामान्य सुधार

आरएसडिसी लघुवित्तकाे प्रमुख वित्तीय सूचकमा सामान्य सुधार

लगानी खबर, काठमाडाैँ - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड १० लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १५.४६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ४० लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १५.४१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १४ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म संस्थाकाे सञ्चालन नाफा १८.४७ प्रतिशतले बढेर १२ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा १० करोड ५१ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ९ प्रतिशतले बढेर ७३ करोड १९ लाख ६० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि ४.६४ प्रतिशतले बढेर १५ करोड ३४ लाख ३७ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा रहेकाे छ ।

वित्तीय विवरण हेर्नुहाेस् : 

610754048c0cf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।