लगानी खबर, काठमाडाैँ - वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ५ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ६६६.८१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ३२ करोड १० लाख ३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८७.२६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १७ करोड १४ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।
हालसम्म संस्थाकाे सञ्चालन नाफा ५७९.१० प्रतिशतले बढेर २२ करोड ३९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन नाफा ३ करोड २९ लाख ८० हजार रूपैयाँ रहेकाे थियाे ।
त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १४.०५ प्रतिशतले बढेर ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि २१०.६१ प्रतिशतले बढेर २९ करोड ४८ लाख ४३ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९७ पैसा रहेकाे छ ।
वित्तीय विवरण हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।